Logo

टीआरसीमा सहमति खोज्न गठित उपसमितिले बुझायो प्रतिवेदन (प्रतिवेदनसहित)



काठमाडौं,२३ असोज । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा विषयमा थप छलफल गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

मंगलबार कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उपसमितिका संयोजक धु्रबबहादुर प्रधान उपस्थित नभएपछि अर्का सदस्य रमेश लेखकले समितिकी सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा चार वटा विषयमा भने थप छलफलबाट टुंगोमा पुग्नुपर्ने भनेर राखिएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बीट्ररी) गरिएको हत्या र दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुन समावेश गर्ने भन्ने टुंग्याउन बाँकी रहेको छ ।

यस्तो छ उपसमितिले समितिसमक्ष बुझाएको प्रतिवेदनको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्