Logo

एसीसी यू १९ प्रिमियर कप : नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य



काठमाडौं,२५ असोज । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई
३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३५३ रन बनाउन सक्यो ।

नेपालका लागि कप्तान देव खलालले शतकिय पारी खेले उनले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा १ सय रन बनाएका थिए । शतक प्रहार गरेपछि नै उनी आउट भएका थिए । त्यस्तै दीपक बोहोराले ६५ रन बनाउँदा दीपक डुम्रेले ६९ रनको योगदान दिए । दीपक कँडेलले २९ रन बनाएको खेलमा हेमन्त धामीले २३ रन थपेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।

इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्