Logo

चार जिल्लाका प्रजिअको हेरफेर,को कहाँ पुगे ?



काठमाडौं,२५ असोज । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरेको छ ।

२३ असोजको निर्णयअनुसार मन्त्रालयले बाँके,दोलखा,सर्लाही र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरिएको हो ।

मन्त्रालयले जिम्मेवारी हेरफेर गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीमा पठाएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्