काठमाडौं, २५ असोज । विश्वकप छनोट फुटबलमा नेपाल र लाओसको खेल जारी छ । अहिले दुवै देश एक एक गोलको बराबरी छ ।काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलको पहिलो हाफमा लाओसले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको थियो ।
खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोयनकोङले गोल गरेका थिए । दोस्रो हाफमा भने नेपालको तर्फबाट अञ्जन विष्टले गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका हुन् । दशरथ रंगशालमा नेपाली समर्थकहरुको ठूलो सहभागिता रहेको छ । नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि रंगशालामा पुगेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम