Logo

राष्ट्रियसभा नियमावली संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन



काठमाडौं,२६ असोज । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्न १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो ।

समितिमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा ,दिलकुमारी रावल थापा, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा, मोहम्मद खालिद, डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा छन् ।

मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रियसभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेका कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरेर सभामा पेस गर्ने जनाइएको छ । समितिले सदस्यहरूमध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ ।

मस्यौदा समितिलाई पुस १४ गतेसम्मको कार्यावधि दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्