Logo

उषा रजकले राजेश हमालसँग माफी मागिईन्



काठमाडौं, २८ असोज । अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग माफी मागेकी छिन् । कमेडी कार्यक्रममार्फत आफूले बोलेका र गरेका टिप्पणीलाई लिएर उनले हमालसँग सार्वजनिक रुपमा माफी मागेकी हुन् । उनले फेशबुकमार्फत यस्तो लेखेकी छिन्

म,,उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु। मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरु बीच कहिँ कतै हराए । अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदैन म मन देखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु । Rajesh Hamal 🙏🏽💗🌸



प्रतिक्रिया दिनुहोस्