काठमाडौं,२९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको बताएका छन्।
सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौहत्या जस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशिल हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रदै गएको बताएका हुन्।
पूर्व पराष्ट्रमन्त्री भईसकेका थापाले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताए। भारतीय प्रधानमन्त्री मोदीले केहि दिनअघि नेपालको अतिक्रमित भूमि हुँदै यात्रा गरेका थिए ।