Logo

मेसीको उत्कृष्ट २ गोलमा अर्जेन्टिनाको जित



काठमाडौं, कार्तिक १ । र्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा पेरुलाई २–० गोल अन्तरले पराजित गरेको छ । लियोनेल मेस्सीले गरेका २ गोलको मद्दतले पेरुलाई पराजित गर्दै अर्जेन्टिनाले १३ खेलमा अपराजित यात्रा कायम राखेको हो ।

पेरुको राजधानी लिमा स्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलको ३२औं मिनेटमा मेस्सीले पहिलो गोल गरेका थिए । निकोलस गोन्जालेजको बक्सको बायाँबाट आएको पासलाई मेस्सीले बक्सको छेउबाट प्रहार गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ४२औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा पनि मेस्सीले दोस्रो गोल गरे। मेस्सीले खेलको ५७औं मिनेटमा गरेको तेस्रो गोललाई भने भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएनन् ।

जितपछि अर्जेन्टिना कन्मेबोल छनोटको शीर्ष स्थानमा छ। अर्जेन्टिनाले छनोटको चार खेल नै जित्दै १२ अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको उरुग्वेको सात अंक छ । तेस्रो र चाथो स्थानमा रहेका ब्राजिल र भेनेजुएलाको पनि ७/७ अंक रहेको छ।



प्रतिक्रिया दिनुहोस्