काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्नेक्रममा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको विजयी लक्ष्य पछयाएको नेपालले १८ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले । ३८ बलको सामना गरेका रोहितले ५ चौका र १ छक्काको मद्दतमा ५१ रनको अविजित पारी खेले । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै आसिफ शेखले २३, कुशल भूर्तेलले १४ र कुशल मल्ल लेपनि ११ रन थपे ।
बलिङतर्फ यूएईका अलि नसिरले एक विकेट लिए । यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि यूएईले १४० रन जोडेको थियो । निर्धारित २० ओभरमा यूएईका वसिल हमिदको ५१ रनको मद्दतमा यूएईले १४० रन जोडेको हो । नेपालका लागि करण केसीले तीन तथा गुल्सन झाले २ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा भोलि हंकङ्गसँग खेल्नेछ ।