Logo

विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान पराजित, आज भारत र बंगलादेशबिच प्रतिष्पर्धा



काठमाडौं, कार्तिक २ । भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ। भारतको चैनईमा बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

टस हारेर पहिला व्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको थियो । जितको लागि २८९ रन पछ्याएको अफगानिस्तानले ३४ दशमलब ४ ओभरमा १३९ रन बनाउँदा सबै विकेट गुमायो र खेल १४९ रनले हार्न पुग्यो।

न्युजिल्याण्डको पालीमा ग्लेन फ़िलिप्सले ७१ रन कप्तान टॉम लेथमले ६८ रन , विल यंगले ५४ रन रचिन रविंद्रले ३२ रनमा तथा डेवन कॉन्वेले २० रन बनाए।

अफगानिस्तानको लागि नवीन उल हक़ र अज़मतउल्लाह ओमरज़ाईले दुई दुई विकेट लिए। त्यसैगरी मुजीब उर रहमान र राशिद ख़ानले एक एक विकेट लिए ।

अफगानिस्तानको पालीमा रहमत शाहले ३६ ,अज़मतउल्लाह ओमरज़ाईले २७ , इकराम अलीख़िलले १९ , इब्राहिम ज़दरानले १४ तथा रहमानउल्लाह गुरबाज़ले ११ रन बनाए ।

न्युजिल्याण्डका लागि मिचेल सैंटनर र लॉकी फ़र्ग्युसनले तीन तीन विकेट लिए । त्यसैगरी ट्रेंट बोल्ट २ तथा रचिन रविंद्र र मैट हेनरीले एक एक विकेट लिए।

यो जित पछि न्युजिल्याण्ड ४ खेलबाट ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ। अफगानिस्तानले चाहि ४ खेलबाट ३ हार र १ जितसहित २ अंक पाएर तालिकाको पाँचौ स्थानमा रहेको छ। अफगानिस्तानले इग्ल्याण्डलाई हराएको हो।

आज भारत र बंगलादेशबिच खेल हुनेछ। यी दुई विचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे भारतको पुणेमा हुनेछ।भारतले ३ खेलबाट ३ खेल जितेर ६ अंकपाएको छ भने बंगलादेशले ३ खेलमा १ खेल जितेर २ अंक पाएको छ।



प्रतिक्रिया दिनुहोस्