काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीले फागुन १ गतेको जनयुद्ध दिवस नमनाउने बताएका छन् । उनले जनयुद्ध दिवस माओवादीको कुरा भएको भन्दै आफ्नो दलले नमान्ने बताए । आज (बिहीबार) नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तोब ताएका हुन् ।
महामन्त्री थापाले भने,‘फागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।’ यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको टिप्पणी गरे । उनले भने,’प्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।’
पहिलो संविधानसभाबाट संविधान बनाएको भए ११ वटा प्रदेश अनि नाम कस्तो थियो भनेर कल्पना गर्न पनि उनले स्मरण गराए । उनले आफूहरुले फादर अफ दि कन्स्टिच्युसन भनेर सुशिल कोइरालालाई सम्झिएको बताए । उनले आफूहरुले भनेअनुसार नै देश अघि बढेको पनि दाबी गरे ।