काठमाडौं,२ कार्तिक । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले भारतसामू २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा लिटोन दास र टान्जिट हसनको अर्धशतकमा २५६ रन जोडेको हो । ६६ रन जोडेका दासले ८२ बलको सामना गर्दै ७ चौका हिर्काएका थिए ।
त्यस्तै ५१ रनको अर्धशतकीय पारी खेलेका हसनले ५ चौका र ३ छक्का हिर्काएका थिए । उनले मात्र ४३ बलको सामना गरेका हुन् । त्यस्तै महब्दुल्लाहले ४६ रन बनाएको खेलमा मुस्फिकर रहिमानले ३८ रन थपेका थिए ।
बलिङतर्फ भारतका जसप्रित बुम्राह, महोेमद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए । यसअघि खेलेका तीनवटै खेल जितेको भारत आजपनि जित निकाल्दै सनसनीपूर्ण प्रदर्शनलाई कायमै राख्न चाहन्छ ।