Logo

माथिल्लो मैलुङ खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा



काठमाडौं, ३ कात्तिक । माथिल्लो मैलुङ खोला हाईड्रो पावर कम्पनीको साधरण शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

आईपीओमा आवेदन दिएका मध्ये एक लाख २८ हजार चार सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

माग गरिएको भन्दा बढि आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको थियो ।

गत असोज १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार दुई सय कित्ता शेयर विक्रीका लागि आवेदन आह्वान गरेको थियो ।

आईपीओको नजिजा मेरो सेयर र सीडीएससीको आधिकारीक वेबसाईड https://iporesult.cdsc.com.np/ बाट थाहा पाउन सकिँछ ।



प्रतिक्रिया दिनुहोस्