Logo

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै



काठमाडौं, ३ कात्तिक । गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट कमिटीले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिता यही कात्तिक १८ गतेदेखि २५ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्पेक्समा सञ्चालन हुने बताइएको छ।

प्रतियोगितामा सिनियर महिला र पूरुष तर्फ बिभिन्न ११ ईभेन्टमा प्रतिष्पर्धा बताइएको छ । प्रतियोगितामा बिभिन्न ईभेन्टमा बिजयी हुने खेलाडीहरुलाई पदक, प्रमाणपत्र र ट्रफीको साथै देहाय नगद पुरस्कारको व्यवस्था रहेको बताइएको छ । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्