Logo

खादा–माला बापत उठेको पैसाबाट मन्त्री किरातीले गरे विद्यालयमा अक्षयकोष स्थापना



काठमाडौं, ३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा– माला बापत उठेको पैसाबाट विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

किरातीले आफू मन्त्री भएपनि भेट्न आउनेलाई खादा–माला नल्याउन बरु मन्त्रालयमा राखिएको दान पेटिकामा सहयोग गर्न भनेका थिए ।

उनको अनुरोधमा एक हप्तामा उठेको छ लाख चार सय ३४ रुपैँया भोजपुरको आमचौक गाउँपालिका ढुङ्गमानास्थित सरस्वती माविलाई अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेका हुन् ।

उक्त रकमको व्याजबाट आउने २५ प्रतिशत रकम साँवामा गाभ्दै बाँकी व्याज रकमबाट प्रत्येक वर्ष एसईईमा उत्कृष्ट हुने जेहेन्दार एक छात्र एक छात्रालाई प्रदान गरिने मन्त्री किरातीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्