Logo

संघीय लोकतान्त्रिक व्यवस्था फोहोर भएको होईन, प्रचण्ड र देउवा फोहोर भएः महेश बस्नेत



काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था फोहोर नभएर त्यसलाई सञ्चालन गर्ने ड्राइभरहरु फोहोर भएका बताएका छन् ।

आज (शुक्रबार) राष्ट्रिय युवा संघ नेपाल, मध्यपुर थिमी नगर कमिटीद्वारा आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी र देउवा पक्षीय कांग्रेस फोहोर भएको बताए ।

‘अहिले भ्रष्टाचार व्यापक बढेको छ । खोला–खोलामा, झाडीमा सुन भेटिन थालेको छ । संघीय लोकतान्त्रिक व्यवस्था फोहोर भएको होईन, ड्राइभरहरु फोहोर भएका हुन् । माओवादी फोहोर भएको हो, प्रचण्ड फोहोर भएको हो ।’ उनले भने, ‘शेरबहादुर देउवा पक्षीय कांग्रेस फोहोर भएको हो, शेरबहादुर देउवा फोहोर भएको हो । अनि त्यो फोहोरको नालीमा किराहरु उम्रिएका हुन् । ती किराहरु को हुन् भन्दा दुर्गा प्रसाईँजस्ता हुन् ।’



प्रतिक्रिया दिनुहोस्