Logo

देउवाको कारण कोशीमा सत्ता समीकरण परिवर्तन भएको शेखरको खुलासा



काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाको कारण कोशी प्रदेशमा केदार कार्कीले विद्रोह गरेर मुख्यमन्त्री बन्नु परेको बताएका छन् ।

आज (शुक्रबार) विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कोशीमा संसदीय दलको नेता परिवर्तनका लागि आग्रह गर्दा देउवा तयार नभएको बताए ।

सभापति देउवाले कोशीको मुख्यमन्त्री कसलाई बनाउने भनेर सोध्दा आफूले केदार कार्कीको लिएको उनले स्मरण गरे ।संसदीय दलका नेता उद्धव थापाले दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाएपनि त्यसलाई जोगाउन नसकेकाले आफूहरुले विकल्प खोजेको उनको भनाई छ ।

नेता कोईरालाले कोशीमा मध्यावधिको खतरा अहिलेका लागि टरेको बताए । कोशीमा अहिले बनेको सरकार सोही अनुरुप अगाडि बढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्