Logo

अस्ट्रेलियाद्वारा पाकिस्तान ६२ रनले पराजित



काठमाडौं, कार्तिक ४ । अस्ट्रेलियाले भारतमा जारी क्रिकेट विश्वकपमा पाकिस्तानमाथि सहज जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५।३ ओभरमा अल आउट हुदै ३०५ रन बनाएको थियो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ७० रनको योगदान दिँदा अब्दुल्लाह शफिकीले ६४ रन जोडे । यस्तै मोहम्मद रिजवान ४६, सहुद सकिल ३०, इफ्तिकर अहमद २६, कप्तान बाबर आजम १८, महम्मद नवाज १४ र साहिन साह अफ्रिदीले १० रन जोडे । किस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ४, प्याट क्यूमिन्स २, मार्कस स्टोइनिसले २, मिचेल स्टार्क र जोश हेजलउडले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो । डेविड वार्नरले १२४ बलको सामना गर्दै १६३ रनको योगदान दिए । यस्तै मिचेल मार्शले १०८ रनको सामना गर्दै १२१ रन बनाए।

मार्कस स्टोनिसले २१ र जोश इंग्लिसले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यो जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र् २ हारसहित ४ अंक रहेको छ ।

अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने छ ।



प्रतिक्रिया दिनुहोस्