काठमाडौं, ४ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । हालै काठमाडौंमा सम्पन्न संघको ११औं विश्व सम्मेलनमा नेतृत्वको लागि भएको मतदानमा धाँधली भएको आरोप लागेको छ ।
अध्यक्षमा बद्रि केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका अरु दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले अस्विकार गरेका छन् । तर, केसीको टिमले भने आजै पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको छ । असन्तुष्ट पक्षले अहिले होटल हिमालयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
निर्वाचनमा धाँधली भएको आशंकासहित शर्मा र श्रेष्ठको समूहले परीणाम स्विकार नगर्ने सार्वजनिक रुपमा घोषणा गरिसकेको छ । हिजोमात्रै दुवै पक्षबीच निर्वाचनमा भएको धाँधलीबारे छानबिन गर्ने र त्यसको लागि १५ दिनको समय लिने सहमति भएको थियो । तर, उक्त सहमतिलाई केसीको टिमले अस्विकार गरेको छ ।
असन्तुष्ट पक्षले भने अहिले शपथ लिएका टिमलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न नदिने तयारी गरेको छ । उनीहरुले केन्द्रीय कार्यालयमा नै ताला लगाउने बताइसकेका छन् । file photo