Logo

दशैं मनाउन घर जानेलाई कांग्रेस भुम्लुले व्यवस्थापन गर्यो निःशुल्क बस



भुम्लु, ४ कार्तिक । नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गरी दशैंमा घर फर्कने भुम्लुवासीलाई घर–घर पु¥याएको छ । सबै वडामा पुग्ने गरी १२ वटा बस व्यवस्थापन गरी गन्तव्यमा पु¥याइने नेपाली कांग्रेस भुम्लुका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) ले जानकारी दिए । आम नागरिकको सहजताका लागि नेपाली कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

फुलपाती (शनिवार) को दिन उपत्यकामा विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा रहेका भुम्लुबासीलाई काठमाडौं तिनकुनेबाट बसको व्यवस्थापन गरी भुम्लु लगिएको हो । बस व्यवस्थापनका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गरेका छन् । नेपाली कांग्रेस भुम्लुले यसअघि २०७८ सालको दशैंमा पनि निःशुल्क बसको व्यवस्थापन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्