काठमाडौं, ९ कार्तिक । आम जनता पार्टीले भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजीको माग गरेको छ । मधेश प्रदेशको बारा जिल्लामा आज आयोजित बृहत्त सभासहितको शुभकामना कार्यक्रममा भन्सार कानूनमा रहेको लुटकारी व्यवस्था हटाउन नेताहरुले आवाज उठाएका छन् ।
आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पनि सम्बोधन गरेका थिए । सो क्रममा अध्यक्ष साहले मुलुकको समसामयिक राजनीतिक विषयबारे पनि आफ्नो धारणा राखेका थिए ।
बाराको प्रसौनी गाउपालिकाको बेलहिया बजारमा बृहत सभासहित शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको नेता कुशवाहाले जनाए ।