Logo

अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक मंगलबार डाकियो



काठमाडौं,१० कार्तिक । राष्ट्रिय सभाको बैठक आव्हान भएको छ । बैठक आगामी मंगलबार अपरान्ह पौने पाँच बजे बस्नेगरी डाकिएको हो ।

राष्ट्रिय सभा सचिवालयले आज एक सूचना जारी गर्दै अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपारान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी बैठक बोलाएको जानकारी गराएको छ ।

राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यस अघि गत असोज २९ गतेको सूचनाबाट स्थगित बैठक मंगलबारका लागि डाकिएको राष्ट्रिय सभा सचिवालयका सचिव डा.सुरेन्द्र अर्यालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्