Logo

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ: सासद सुवाल



काठमाडौं,१२ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सांसद तथा केन्द्रीय सचिव प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै उनले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ’ ।

सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीसमेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्