काठमाडौं,१३ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा एक टोली सिंहदरबार पुगेको छ ।
मुख्यमन्त्री यादवसहित भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादव र पूर्व मन्त्री एवं माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
उनीहरुले प्रधानमन्त्रीसँग विभिन्न माग राखेर ज्ञापनपत्र समेत बुझाउने तयारी गरेका छन् । विशेषगरी प्रदेश प्रहरी समायोजन, प्रदेशको थप अधिकार र निर्माण हुन बाँकी रहेका प्रशासनिक भवनहरुको बारेमा सरकारलाई ध्यानाकर्षण गराउादै ज्ञापनपत्र बुझाउने बताईएको छ ।
यसअघि पनि प्रदश सरकारले प्रदेश प्रहरीको समायोजन गर्न माग गर्दै अधिकार प्रत्यायोजन गर्न पटक पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।