Logo

मलाई ७ र २ त २७ जस्तो पो लाग्छः केपी ओली



काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आलश्यता र अल्छीपना फालेर पार्टी निर्माणको काममा लाग्न आग्रह गरेका छन् ।

मानिसको शरीरलाई जस्तो बनायो त्यस्तै बन्ने बताउँदै उनले सक्रियताका साथी संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन् । आज (सोमबार) गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ७२ वर्षको हुँदा पनि दिनमा १८ घण्टा काम गरिरहेको बताए । अहिले ७२ वर्षको भएपनि आफूलाई २७ वर्षको जस्तो जाँगर लाग्ने उनले बताए ।

‘म लगभग १८ घण्टा काम गर्छु । आज पनि यहाँ आउँदा आउँदै एकछिन आराम गरेँ । किन आराम गरेँ भने मैले राति आराम गरेकै थिँईन् । मलाई त कस्तो हुन्छ भने भन्दाखेरी ७ र २ त २७ जस्तो लाग्छ । त्यो मानसिक अठोट पनि हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्