Logo

जसपाको नागार्जुन नगर समिति पुनर्गठन, अध्यक्षमा पुतुवार



काठमाडौं, १४ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको नागार्जुन नगर समिति पुनर्गठन भएको छ । आज स्वयम्भू कारखाना चोकमा आयोजित भेलाले सोहन पुतुवारको अध्यक्षतामा २७ समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्र लम्साल, सचिवमा सुमी लामा र कोषाध्यक्षमा अनिल गुरुङ रहेको पार्टीको केन्द्रीय सदस्य अर्जुन लम्सालले जानकारी दिएका छन् ।

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, खसान राष्ट्रिय समितिका इन्चार्ज प्रेम थापा, केन्द्रीय सदस्य एवम् नागार्जुन नगर समितिका इन्चार्ज सोनाम लामा, बागमती प्रदेशका अध्यक्ष जय गोलेलगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्