Logo

काठमाडौंको गोठाटारमा प्रहरीले चलायो गोली



काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।

मोहम्मदको साथबाट प्रहरीले करिब दुई सय ग्राम खैरो हिरोईन जस्तो पदार्थ र एक थान पेस्तेलसमेत बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस्