Logo

देश टाइटनिक डुबेजस्तै डुब्दै छः सिके राउत



काठमाडौं,१६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश केही निहीत स्वार्थ बोकेका नेताहरुले चलाईरहेको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आएका राजनीतिक दलहरुप्रति नकरात्मक भाष्य निर्माण गरेर पुराना दलहरुले निषेधको राजनीति गर्न खोजेको उनको भनाई छ । उनले केही नेताहरुका कारण नेपाल टाइटनीक जहाज डुबे जस्तै डेब्दै गएको दाबी गरेका छन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।

“देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्,” उनले भने,, “आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।”

अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनले बताए । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ छ । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।



प्रतिक्रिया दिनुहोस्