Logo

तस्बिरमा हेर्नुहोस् भूकम्पले तहसनहस जाजरकोट



काठमाडौं, कार्तिक १८ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो ।

जाजरकोटको रामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ । मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ।

भूकम्पमा परी कयौं घाइते छन् । मध्य रातमा आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन । घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ।



प्रतिक्रिया दिनुहोस्