काठमाडौं, १९ कात्तिक । भोजपुरकी साहित्यकार कविता राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती धेरै असल र नैतिकवान नेता रहेको बताएकी छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्री किरातीको प्रभाव जिल्लामा धेरै राम्रो रहेको बताएकी हुन् । उनले किरातीले आफ्नो व्यक्तिगत मतका कारण चुनाव जितेको समेत उनले खुलासा गरिन् ।
‘सुदन किरातीज्यू धेरै असल नेता हुनुहुन्छ । मेरो पार्टी छैन, म उहाँको फलोर्स हुँ । उहाँको जिल्लामा प्रभाव धेरै राम्रो छ । अहिले मन्त्री भएपछि त झनै लोकप्रिय हुनुभएको छ । उहाँको व्यक्तिगत मतले नै यसपालिको चुनाव जित्नुभयो । प्रतिपक्षीहरु हुन्छन्, राम्रो नराम्रो पाटो आफ्नो–आफ्नो हुन्छ । तर, उहाँ नैतिकवान र सम्भावना धेरै बोकेको नेता हुनुहुन्छ,’– उनले भनिन् ।
भोजपुरको विकासका सन्दर्भमा किरातीको पाटोबाट प्रभावकारी काम भएको उनको दाबी छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा धेरै राम्रो र प्रभावकारी काम गरेको उनले बताईन् । भोजपुरको विकासका लागि सबै नेताहरुको योगदान भएपनि किरातीको अहम भूमिका रहेको उनले बताए ।