Logo

विपिन जोशीको रिहाइको माग गर्दै ज्ञापनपत्र



काठमाडौं, १९ कात्तिक । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज (आईतबार) जोशीका आफन्त, सञ्चारकर्मी र विद्यार्थीहरुले कञ्चनपुर जिल्ला प्रसाशन कार्यालयमार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

विपिनकी बहिनी पुष्पा जोशीले उनी हमास समूहको नियन्त्रणमा रहेको इजरायली सरकारले पुष्टि गरिसकेको अवस्थामा सरकारले उद्धारका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिईन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले विपिनको रिहाइका लागि उनका आफन्त, सञ्चारकर्मी र विद्यार्थीहरुले उठाएको विषय सोझै परराष्ट्र मन्त्रालयको ध्यानाकार्षण गराउने प्रतिवद्धता व्यक्त गरे ।

गत असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीेले ज्यान गुमाएका थिए । उक्त आक्रमणमा विपिन बेपत्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस्