काठमाडौं, २० कात्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् ।
आज (सोमबार) देखि काठमाडौंमा सुरु भएको ३७औं एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्बोधन गर्दै उनले जल विद्युत क्षेत्रमा गरिएको लागनीको भविष्य उज्वल रहेको बताएका हुन् ।
नेपालमा जलविद्युतको अलवा कृषि, पर्यटन लगायतका क्षेत्रमा राम्रो अवसर रहेको बताए । अन्तराष्ट्रिय बजारमा समेत नेपालको विद्युत विक्री गर्न सकिने वातावरण बनिसकेको भन्दै उनले जलविद्युत क्षेत्रमा गरिने लगानीमा प्रतिफल सुनिश्चित रहेको बताएका हुन् ।