Logo

भूकम्पका घाईतेहरुको उपचारमा रगत अभाव हुन नदिन तरुण दलले गर्यो रक्तदान



काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भूकम्पमा परी घाईते भएकाहरुको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको छ ।

तरुण दलले आज (सोमबार) भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ भने दुई सय ५० जनाभन्दा धेरै घाईते भएका थिए ।



प्रतिक्रिया दिनुहोस्