Logo

मन्त्रीसहितको जम्बो टोली लिएर माधव नेपाल भोलि चीन जाने



काठमाडौं,२० कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने भएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल मंगलबार एक साताका लागि चीन भ्रमणमा जान लागेका हुन् । उनीसहति कृषि तथा पशुपक्षिमन्त्री डा.वेदुराम भुसाल पनि चीन जाने भएका छन् ।

अध्यक्ष नेपाल र मन्त्री भुसालका अतिरिक्त सो भ्रमण टोलीमा मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत १५ जना रहने एकीकृत समाजवादीले जनाएको छ ।

दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको सो पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्