Logo

सुशासन र जनअधकारप्रति उत्तरदायी भएर काम गर्छुः मुख्यमन्त्री कार्की



काठमाडौं, २१ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो ध्यान सरकार टिकाउनेतर्फमात्रै नरहेको बताएका छन् । धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले प्रदेश सरकार सुशासन कायम गरी जनआधिकारप्रति उत्तरदायी हुनेतर्फ अगाडि बढिरहेको बताए ।

कोशी प्रदेश सरकार जनताको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको पनि उनले बताए । उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढङ्गले कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मी सरकारको अङ्ग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने बताए ।

जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नैतिकवान् भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्