Logo

माधव नेपालले भने, ‘१२ बुँदे पक्षधरहरु एकतावद्ध भएरमात्रै व्यवस्था अगाडि बढाउन सकिन्छ’



काठमाडौं, २१ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधर दलहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्था अगाडि बढाउन सकिने बताएका छन् ।

आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष नेपालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका दलहरु एकतावद्ध भएरमात्रै व्यवस्था अगाडि बढाउन सकिने बताएका हुन् ।

बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि आमूल परिवर्तन ल्याउने कुरामा सबै दल मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेको बताए ।



प्रतिक्रिया दिनुहोस्