Logo

भूकम्प प्रभावितलाई प्रभावकारी ढंगले राहत वितरण नगरेको भन्दै सरकारसँग खनालको असन्तुष्टि



काठमाडौं,२३ कार्तिक । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितले समयमै राहत पाउन नसकेकोतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई सरकारले नेतृत्वको आभाष गराउन नसकेको उनको भनाई छ ।

सम्मानित नेता खनालले विना भेदभाव तीव्ररुपमा भूकम्प प्रभावितलाई राहत वितरण गर्न सरकरासँग जोडदार मागसमेत गरेका छन् । उनले भूकम्पले पुर्याएको क्षतिको सत्यतथ्य सार्वजनिक गदैृ तत्काल पुर्ननिर्माणका कामहरु थाल्नसमेत माग गरेका छन् ।

गत शुक्रबार राती रामिडाँडा केनद्र भएर ६।४ रेक्टर स्केलको भूक्मप गएको थियो । उक्त भूकम्पबाट हालसम्म १५३ जनाले ज्यान गुमाएका छन् । भने सयौं घाइते छन् । साथै हजारौंले घरवार गुमाएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्