Logo

प्रधानमन्त्री प्रचण्डको गर्जन : जनयुद्ध अहिले एकछिन दबाइयो भने पनि त्यो चिहानबाट फेरि उठ्छ (भिडिओसहित)



काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध कसैले चाहेर पनि दबाउन नसक्ने दाबी गरेका छन् । उनले अहिले जनयुद्धप्रति विभिन्न टिकाटिप्पणी भैरहेपनि जनयुद्ध कसैले चाहेरपनि दबाउन नसक्ने ठोकुवा गरे । फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै आलोचना गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धलाई जति दबाउन खोजिए पनि इतिहासमा पटक पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाउन सक्दैन । अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो ।’

सो अवसरमा उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह र पहलकदमी जनयुद्ध भएको पनि दाबी गरे । उनले पुष २७ गते पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा आफूलाई खुशी र गर्व लागेको स्पष्ट पारे । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्