काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले वर्तमान सरकारले तत्कालिन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको दूरदर्शी कदमसमक्ष आत्मसमर्पण गरेको बताएका छन् । उनले त्यतिवेला अधिनायकवादको बाँसुरी बजाउने दाहाल, काजीलगायतको शरम नै आज बेपत्ता भएको भनेर कडा शब्दमा आलोचना गरेका छन् ।
नेता बाँस्कोटासँगको तस्विर सेयर गर्दै सामाजिक सञ्जालमा थापाले लेखेका छन्-
कानुन बनाउन भाँजो हालेर सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका जारी गर्ने पुष्पकमल दाहाल प्रचण्ड सरकारले अन्तत: तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको दूरदर्शी कदमसमक्ष आत्मसमर्पण गरेको छ!
त्यतिबेला अधिनायकवादको बाँसुरी बजाउने दाहाल, काजीलगायतकाे शरम नै आज बेपत्ता भएको छ । नेपाली काँग्रेसका केही स्वनामधन्य पदाधिकारी र १७ भाइ नेपाली गोदी सम्पादकहरूसँगै पत्रकार महासंघ पनि अहिले चुपचाप निर्देशिका-अधिनायकवादको मतियार बनेर आराम गरिरहेको देख्दा आश्चर्य लाग्छ। कानुन बनाउँदा अधिनायकवाद र निर्देशिका जारी गर्दा लोकतन्त्र हुने भन्ने हरामी ब्याख्या र बुझाइ नै अचम्मको छ!