Logo

उपरथी ताराध्वजको राजीनामा स्वीकृत



काठमाडौं,२४ कार्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ । पाण्डेले बिहीबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा शुक्रबार स्वीकृत गरेर रक्षा मन्त्रालयमा पठाईएको नेपाली सेनाले जनाएको छ ।

पाण्डेले उमेर कीर्ते गरेको आरोप खेप्दै आएका छन् । उनले उमेर संशोधन गरेर नागरिकता बनाएको आरोप लागेको छ भने उनीविरुद्ध जंगी अड्डा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

उनलाई भावि प्रधानसेनापतिको रुपमा अगाडी बढाउका लागि गत साता रथीमा बढुवाका लागि सिफारिसमेत गरिएको थियो । उनको नागरिकता २ वटा रहेको बताईएको छ । भने उनले एसएलसीको मार्कसिटमा पनि आफ्नो जन्ममिति केरमेट गरेका छन् । उपरथी पाण्डे हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकाश पाएपछि प्रधानसेनापतिको रोलक्रममा थिए । प्रधानसेनापति शर्माले २०८१ भदौ २४ मा अवकाश पाउँदैछन् । 



प्रतिक्रिया दिनुहोस्