Logo

निरंकुशता नभोगेका, नदेखेका व्यक्ति र दलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति दिने खोजेः मन्त्री शर्मा



काठमाडौं, २५ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न दृष्टिकोणबाट राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा हिजोकै निरंकुश व्यवस्था ठीक थियो भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।

आज (शनिबार) ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति र दलहरुले यो व्यवस्थालाई चुनौति दिन खोजेको बताएकी हुन् । व्यवस्थाको पक्षमा कीर्तिपुरका जनताको हिजोको जस्तो साहस र सहयोग माओवादीलाई आगामी दिनमा आवश्यक रहेको उनले बताए । उनले माओवादीले एकढिक्का भएर जनताको एजेण्डामा काम गरिरहेको उनले बताए ।

‘देशमा जुन ढंगले हामीले यत्रो बलिदान गर्यौं । कीर्तिपुरसहित देशभरका होनाहार व्यक्तित्वहरुले साहदात प्राप्त गरेर जुन हामीले व्यवस्था प्राप्त गर्यौं । त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरी पनि प्रश्न उठाउने र त्यसका विरुद्धमा विभिन्न कोणबाट राष्ट्रिय, अन्तराष्ट्रिय विभिन्न शक्तिकेन्द्रहरु लागिराखेको हामीले देखिरहेकै छौं ।’ उनले भनिन्, ‘यो गणतन्त्रलाई उल्ट्याउने यो गणतन्त्रको ठाउँमा हिजै ठीक थियो कि भन्ने जस्तो भाव सिर्जना गर्ने ढंगले जसले हिजोको निरंकुशता भोगेन, जसले हिजोको निरंकुशता देखेन ती व्यक्तिहरु, ती राजनीतिक शक्तिहरु आज फेरी विगतकै राजतन्त्र र निरंकुशता ठीक हो भन्ने ढंगले जनताको बीचमा गइराखेको बेलामा कीर्तिपुरवासीको हिजोको उर्जा प्रगति, अग्रगमन, लोकतन्त्र र गणतन्त्रको पक्षमा फेरी आवश्यक भएको छ । देशव्यापी रुपमा फेरी पनि हामी उठ्नुपर्ने आवश्यकता भएको छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्