Logo

रवि लामिछानेलक्षित गोकुल बाँस्कोटाको टिप्पणी : नयाँ-नयाँ हिरोईजमले मात्रै मुलुक चल्दैन्



काठमाडौं, २५ कार्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ नयाँ हिरोईजमले मात्रै मुलुक नचल्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभा सदस्य बास्कोटाले साधारण मान्छेका लागि लोकतन्त्र भएकाले दल खोलेर चुनाव लड्ने बाहेक चिहानमा पुगेको संस्था र व्यक्तिबाट मुलुकको नेतृत्व असम्भव रहेको बताएका छन् ।

धुलिखेल नगर कमिटीले हिजो (शुक्रबार) आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धन सरकारले नागरिकका समस्यामा ध्यान नदिएको बताउँदै बर्तमान गठबन्धन सरकार रहँदासम्म मुलुक ओरालो लाग्ने उनको भनाइ छ । सामाजिक सञ्जाल व्यवस्थापनका लागि सरकारले ल्याउन लागेको कानुनका सन्दर्भमा पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले हिजो विरोध गर्नेहरूलाई नै आज कानुन आवश्यक भएको भन्दै व्यङ्ग गरे ।

कोही उफ्रँदैमा लोकतन्त्र खतरामा नपर्ने उनको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च कृष्ण राई, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नगर अध्यक्ष दयाराम महतलगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्