Logo

लक्ष्मीपूजामा झिलिमिली काठमाडौं (फोटोफिचर)



काठमाडौं, २६ कार्तिक । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आजै कुकुर तिहार पनि हो । आज लक्ष्मीपूजाको दिन घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने चलन छ ।

काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर उज्यालो पारिएको छ ।

काठमाडौंको रानीपोखरी, दरबारमार्ग, कमलादी, पुतलीसडकलगायतका मल तथा घरहरु झिलिमिली बनाईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्