काठमाडौं, २८ कार्तिक । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता जनाएको छ । नेपालीहरुको महान पर्व दिपावली तथा छठको शुभ–अवसरमा आज (मंगलबार) सर्लाहीको ब्रह्मपुरीमा पार्टीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रभु साहले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
साहले देशमा बढ़दो भ्रष्टाचारको बिरुद्ध लड्न पार्टी पँक्तिलाई निर्देशन दिएका हुन् । कार्यक्रमको अध्यक्षता पार्टी उपाध्यक्ष रीता देवी साहले गरेकी थिईन् भने विशेष अतिथिहरुमा प्रवक्ता चन्द्रभूषण् साह, श्रीचन मुखिया, उमेश कुशवाहालगायत थिए ।
सो अवसरमा चर्चित कलाकारहरुको पनि उपस्थिति थियो । आजपाले देशलाई अहिलेका ठूला दलका केही नेताहरुले मुठ्ठीमा लिएको र उल्टो दिशामा लगिरहेको दाबी गरिरहेको छ ।
अध्यक्ष साहले त वर्तमान व्यवस्था खारेज नगरी देश र जनताले सुखानुभूति गर्न नसक्ने ठोकुवा गरेका छन् । आजपाले संविधान दिवसको पनि संविधानको शवयात्रा निकालेको थियो ।