Logo

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेशको तयारीमा



काठमाडौं,१ मंसिर । पूर्व सांसद तथा विवादास्पद निर्माण व्यवसायी हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् । उनलाई पार्टी प्रवेश गराउने एमालेले मंसिर ५ गते पर्साको पोखरियामा वृहत्त पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । उनीसहित केही चर्चित नेतालाई ओलले एमालेमा भित्र्याउने बताईएको छ ।

रौनियार २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट पर्सा तीनमा सांसद चुनिएका थिए । २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पदस्वतः निलम्बनमा परेको थियो । रौनियारनिर्माण कम्पनी पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनको कम्पनीले धेरै सरकारी ठेक्का लिने तर अलपत्र पार्ने भएकाले बदनाम हुने गरेको छ । हाल उनी जसपाका राजनीतिक समिति सदस्यको भूमिकामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्