Logo

रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का महसुस



काठमाडौं,३ मंसिर । रुकुममा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।

यसअघि, गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसका ४६५ भन्दा धेरै परकम्प मापन गरिएको छ । सो भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस्