Logo

मंसिर गते ७ दुर्गा प्रसाईंको समूहले बल्खु चोकमा प्रदर्शन गर्ने



काठमाडौं,५ मंसिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ ले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनको कार्यक्रमस्थल बल्खु चोक रहने भएको छ ।

मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंको नेतृत्वमा हुने उक्त आन्दोलन यसअघि माईतीघर मण्डलामा हुने भनिएको थियो । उक्त दिन एमाले निकटको युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माईतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको थियो ।

प्रशासनको निर्णयपछि युवा संघले तिनकुनेमा कार्यक्रम आयोजना गर्ने भएको छ । भने प्रसाई नेतृत्वको अभियानले बल्खु चोकलाई कार्यक्रमस्थल निर्धारण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्