Logo

अमरेशको आरोप- कांग्रेस जिल्ला सभापतिका छोराले मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास गरे



काठमाडैं,५ मंसिर । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूमाथि आक्रमण भएको भन्दै राज्यसँग सुरक्षा मागेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सिंहले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा सुधिर सिंहले आफ्नो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयाश गरेको दाबी गरेका छन् । उनले आफूमाथि मंगलबार बिहान सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा केही व्यक्तिहरूको समूहले आक्रमणको प्रयास गरेको बताएका छन् ।

‘आज आफ्नो गृह निवास बलरा बाट एअरपोर्ट तर्फ अघिबढ्दै गर्दा सुधिर सिंह उर्फ मुन्ना भन्ने ब्यक्ति ले बा १७ च ९६३२ नम्बर को गाडी मा ५९६ जना को समूह मा गुन्डागर्दी शैलीमा मेरो गाडीलाई ओभरटेक गर्दै गाली गलौज र गाडी लाई टक्कर दिने काम गरेकोले यथासिघ्र यस्ता अपराधी लाई कानुनी कार्यवाही गर्न गृह प्रशासनसँग माग गर्दछु’। उनले भनेका छन् ।

उनले आफूमाथिको भएको उक्त प्रयाशपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाईसमेत फोन गरेको बताईएको छ । गृहमन्त्रीसँगको फोनपछि उनलाई प्रहरीको टालीले उद्धार गरेर सुरक्षा दिएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्