Logo

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं, ५ काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी भएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेका १० वटा रिटमा एकमुष्ट सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । उक्त रिट निवेदनका सर्वोच्चले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, यज्ञमणि न्यौपाने, त्रिलोकबहादुर चन्द लगायतले रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्