Logo

नेपालका लागि विवाईडीको आधिकारिक विक्रेता सिमेक्स इन्कद्वारा भूकम्प प्रभावितका लागि ११ लाख सहयोग



काठमाडौं, ५ मंसिर । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको अधिकृत वितरक सिमेक्स इन्क प्राइभेट लिमिटेडले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ । जस अन्तर्गत हरेक बीवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अट्टो ३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ । यो योजना मङ्सिर २३ गते सम्म लागु हुनेछ ।

यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । सिमेक्सका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफÞॉर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ ।’

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित हरुका लागि भनि प्रदान गरेका थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । सिमेक्सका अध्यक्ष श्रेष्ठ भन्छन्, “यो कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ। भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो ।”



प्रतिक्रिया दिनुहोस्